ग्लोबल आइएमई बैंकको २६८ औं शाखा ढल्केबरमा

काठमाडौं ।ग्लोबल आइएमई बैंकले धनुषाको ढल्केबरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ शाखाको उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले सरकार तथा नियामक निकायको नीति तथा कार्यक्रमहरुलाई पालन गर्दै सेवालाई विस्तार गरेको बताए । ढकालले बैंकका सेवा देशभरका सबैजसो जिल्लामा उपलब्ध गराउने पनि बताए ।

नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या २६८ पुगेको छ । बैंकले देशभर २६८ शाखा, २४० एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २४५ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्र्पक कार्यालयमार्फत  २२ लाखबढी ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ ।

प्रतिक्रिया