अदुवाका सात फाइदा

अदुवा तरकारीमा प्रयाेग हुने मसलासँगै आयुर्वेदिक औषधि पनि हो । यसले थुप्रै राेगहरूबाट बचाउनुका साथै राेगकाे उपचार पनि गर्छ । जाडाेमा हुने दुखाइ, घाँटीकाे दुखाइ, अपच लगायत शारीरिक समस्याहरूबाट पनि छुट्कारा दिलाउँछ ।

अदुवाका सात फाइदा 

पाचनमा सुधार : यदि खाना राम्रोसँग पचेन भने अदुवा पिसेर पानीमा मिसाएर खान सकिन्छ । यसले पाचन प्रणालीलाई सुधार गर्छ र अपच हुँदैन ।

भाेक जगाउँछ : कम भोक लाग्नेहरूले अदुवा सेवन गरे यसले भाेक जगाउँछ । तपाईं अदुवालाई खाना वा दूधमा मिसाएर खान  सक्नुहुन्छ । यसले तपाईंकाे भाेक बढाउँछ ।

पेट फुल्ने समस्याकाे निदान : यदि कुनै कुरा खाएमा पेट फुल्याे भने यसबाट छुट्कारा पाउन सुक्खा अदुवा खान सकिन्छ ।

ग्यासबाट छुटकारा : अदुवा सेवन गर्दा पेटमा हुने ग्यासकाे समस्याबाट पनि छुट्कारा पाउन सकिन्छ ।

बान्ता, अमिलाे डकारकाे समस्याबाट छुट्कारा : बान्ता, अमिलाे डकारकाे समस्या पनि अदुवा खाएमा निकाे हुन्छ ।

खोकी र कफलाई निको पार्छ : यदि कफ अधिक मात्रामा हुन्छ तर शरीरबाट बाहिर आउँदैन भने सुख्खा अदुवा प्रयोग गर्नुहोस् । यसले कफलाई हटाउँछ । केही व्यक्तिमा चिसोका कारण टाउको दुख्ने, खाेकी लाग्ने समस्या पनि हुन्छ, अदुवाले याे पनि निकाे पार्छ ।

जाेर्नी दुखाइबाट राहत : यदि जाडाे माैसममा जाेर्नी दुख्ने समस्या छ भने अदुवा खाएमा यसलाई जित्न सकिन्छ । एजेन्सी

प्रतिक्रिया