नबिल बैंक र उपाय सर्भिसेसबीच सम्झौता

काठमाडौं ।नबिल बैंक र उपाय सर्भिसेस लिमिटेडबीच सहयोग सम्बन्धी सम्झौता भएको छ ।नबिल बैंक र उपाय सर्भिसेस बीच बैंकको ग्राहकहरुको आवश्यकताअनुसार उपाय प्लेटफर्ममा उपलब्ध सेवाहरु प्रदान गरेर लघु, साना र मझौला उद्यमहरूलाई सहयोग गर्ने सम्झौता भएको हो ।

रणनीतिक साझेदारी अन्तर्गत, बैंकका लघु, साना र मझौला उद्यमी ग्राहकहरुले कर्जाका लागि आवश्यक प्रारम्भिक कागजात तयार गर्न उपाय सर्भिसेसको सेवा लिने छन् ।

यसबाहेक, उपायले सार्वजनिक सेवाको बारेमा सजिलो र पारदर्शी समाधान प्रदान गर्नुको साथै बैंकका ग्राहकलाई आवश्कता बमोजिम क्षेत्रगत विशेषज्ञको सेवा उपलब्ध गराउनेछ ।

नबिल बैंकका एसएमई तथा लघुबित्त प्रमुख निरज कुमार बस्नेत तथा उपाय सर्भिसेसका महाप्रबन्धक राजु के।सी।ले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

साझेदारीको बारेमा बोल्दै नबिल बैंकका बस्नेतले भने, “नबिल बैंक लघु, साना तथा मझौला उद्यमीहरुलाई वित्तीय पहु“चमा बृद्धि तथा समग्र अर्थतन्त्रको विकास गर्नका लागि विभिन्न सुविधाहरू र सेवाहरू उपलब्ध गराउन सधैं अग्रसर रहेको छ । हामी हाम्रो ग्राहकहरु र बैंकको दिगो विकासको लागि लघु, साना तथा मझौला उद्यमीहरुलाई उचित वित्तीय कारोबार अभ्यासको अनुसरण गर्न र देशको कानून र नियमनको पालना गर्न मद्दत गर्दै आएका छौं । हामीलाई आशा छ कि यो साझेदारीले लघु, साना तथा मझौला उद्यमीहरुको वित्तीय व्यवस्थापनमा हालको अन्तर पूर्ण गर्न मद्दत पु-याउँछ ।”

उपाय सर्भिसेसका महाप्रबन्धक राजु केसीले नबिल बैंकसँगको सहकार्य निकै फलदायी भएको बताए । उनले उपायले कर्जा सम्बन्धी सेवाहरू बाहेक वित्तीय व्यवस्थापन, कानूनी, कर र व्यवस्थापन सम्बन्धी परामर्शमा व्यावसायिक सेवा प्रदान गरेर बैंकका विभिन्न ग्राहकहरूलाई मार्गदर्शन र मद्दत गर्न सक्षम भएको पनि बताए ।

बैंकका १०० भन्दा बढी ग्राहकहरू उपाय सर्भिसेसबाट आजसम्म सेवाहरू उपयोग गरेर लाभान्वित भएका छन् ।

प्रतिक्रिया