गृहमन्त्रीले चिडियाखानामा थुन्छु भनेपछि भीम रावलको जवाफ – तानाशाह बन्ने दु:स्वप्ना

काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली निरंकुश पञ्चायती शासनभन्दा अघि बढेर तानाशाह बन्ने दु:स्वप्ना देखिरहको पुष्टि भएको बताएका छन् ।

शुक्रबार राजधानीमा आयोजित जनसभामा बोल्दै गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले मांशाहारी आन्दोलन गर्छु भन्नेलाई चिडियाखानामा लगेर थुन्ने बताएपछि रावलको यस्तो प्रतिक्रिया आएको हो ।

रावलले शुक्रबार एक ट्वीट गर्दै निरंकुशतन्त्र ढल्ने पनि बताएका छन् । उनले लेखेका छन्, “प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघटन र मनपरी गर्ने असंवैधानिक कार्यका विरूद्ध आन्दोलन गर्नेहरूलाई जावलाखेलको चिडियाखानामा थुन्ने गृहमन्त्रीको भाषणले प्रमं ओली निरंकुश पञ्चायती शासनभन्दा अघि बढेर तानाशाह बन्ने दुस्स्वप्ना देखिरहनु भएको पुष्टि हुन्छ ।निरंकुशतन्त्र ढल्छ।”

प्रतिक्रिया