ग्रिनलाइफ हाइड्रो पावरको आइपीओमा आवेदन खुला

काठमाडौं । ग्रिनलाइफ हाइड्रोपावर लिमिटेड कम्पनीले प्राथमिक साधारण शेयर निष्कासन भएको छ । उक्त कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडले शुक्रबारदेखि शेयर आवेदन खुला गरेको हो ।

कम्पनीको ३२ लाख ५१ हजार ६५२ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ । सेयर आवेदन मिति छिटोमा २७ माघ र ढिलोमा ७ फागुनसम्म रहेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीका लागि बिक्री खुला गरी बिक्री नभएको १६ लाख ९६ हजार ४ सय कित्ता सेयर गरी कुल ३४ लाख ९६ हजार ४ सय कित्ता सेयर निष्कासन गरेको हो । तर, यसमध्ये ६९ हजार ९२८ कित्ता (२ प्रतिशत) सेयर कर्मचारीलाई र सामूहिक लगानी कोषका लागि ५ प्रतिशत सेयर छुट्टयाइएको थियो । बाँकी रहेको ३२ लाख ५१ हजार ६५२ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला कम्पनीले जनाएको छ ।

कम्पनीको साधारण सेयरको सार्वजनिक निष्काशन गर्नका लागि केयर रेटिङ नेपालले ‘केयर­एनपी बी (आइएस) रेटिङ प्रदान गरेको छ।

ग्रीनफाइफ हाइड्रोपावर २०७४ असार ९ गतेदेखि पब्लिक लिमिटेड कम्पनीमा परिणत भई सञ्चालन हुँदै आएको छ ।
यस कम्पनीले कम्पनीले प्रदेश नम्बर ३, दोलखा जिल्लाको गौरीशंकर गाउँपालिकामा बहने खानीखोला, हनापु खोला र नाप्के खोलाको पानी मिसाइ आयोजना निर्माण गरी ४० मेगावाट क्षमताको जलविद्युत आयोजनाबाट विजुली उत्पादन गरी उद्देश्य अनुरुप २०७८ वैशाखदेखि विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने गरी नेपाल विद्युत् प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता भएको छ ।

४० मेगावाट क्षमताको जलविद्युत आयोजनामध्ये २५ मेगावाटको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । १५ मेगावाट क्षमताको विद्युत आयोजनाको आगामी १ वर्षभित्रमा उत्पादन प्रारम्भ हुने कम्पनीले जानकारी दिएको छ । त्यस्तै प्रशारण लाइन निर्माणको काम ७० प्रतिशत सकिएको छ । आयोजनाको लागत प्रतिमेगावाट करिब १९ करोड १३ लाख ४७ हजार २७० रुपैयाँ छ । आयोजनाको कुल लागत ७ अर्ब ६५ करोड ३८ लाख ९० हजार ७८४ रुपैयाँ अनुमान गरिएको छ ।

कम्पनीको चुक्तापुँजी १ अर्ब ४४ करोड रुपैयाँ छ । सेयर निष्कासन भएपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ८० करोड हुनेछ

प्रतिक्रिया