टोटेनहममाथि चेल्सीको जित
२०७७ माघ २३ गते

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले टोटनह्यामलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा चेल्सीले टोटनह्यामलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
चेल्सीको जितमा जर्जिन्होले खेलको २४औं मिनेटमा पेनाल्टीबाट गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यो जितपछि चेल्सीको लिगमा २२ खेलमा ३८ अंक भएको छ र लिगको छैठौं स्थानमा उक्लिएको छ । त्यस्तै लगातार खराब प्रदर्शन गरिरहेको टोटनह्यामको भने २१ खेलमा ३३ अंक भएको छ र लिगमा आठौ स्थानमा झरेको छ ।
२०७७ माघ २३ गते
प्रतिक्रिया
सम्बन्धित








