होटल गजुर प्यालेसले १० देखि शतप्रतिशतसम्म छुट दिने

धरान । होटेल गजुर प्यालेसले दोस्रो वार्षिकोत्सवको अवसरमा छुटको अफर सार्वजनिक गरेको छ । धरानमा दुई बर्षअघि संचालनमा आएको होटेलले विभिन्न सेवामा छुटको अफर ल्याएको जनाएको छ ।

माघ २५ गतेदेखि फागुन २ गतेसम्म होटेलको रुममा ५० प्रतिशत, खानामा २५ प्रतिशत, बार–ड्रिङ्समा १० प्रतिशत र हलमा शत प्रतिशत छुटको व्यवस्था गरेको जनाएको हो ।

वार्षिकोत्सवको अवसरमा हल बुक गर्नेलाई जुनसुकै बेला पनि कार्यक्रम गर्न छुटको व्यवस्था गर्ने सञ्चालक गोपाल प्रसाद आचार्यले बताए । होटेलको दोस्रो वार्षिकोत्सव आइतबार(माघ २५)  हुनेछ ।

प्रतिक्रिया