एफएनसीसीआई र मिडिया एलाएन्सबीच संस्थागत सहकार्य हुने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र मिडिया एलाएन्स बीच संस्थागत सहकार्य गर्ने सहमति भएको छ । महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा महासंघका पदाधिकारी र एलाएन्सका अध्यक्ष भाष्करराज राजकर्णिकारको नेतृत्व रहेको मडिया एलाएन्सका पदाधिकारीबीचको छलफलपछि यस्तो सहमति भएको हो ।

दुवै संस्थाबाट ३/३ जना सदस्य रहने गरी एक कार्यदल गठन गर्ने सहमती पनि भएको छ । उक्त कार्यदलले दुवै क्षेत्र अर्थात् उद्योग व्यवसाय र मिडिया क्षेत्रका मुल मुद्दाको पहिचान गरी एक अर्कामा सहयोग गर्ने, संस्थागत व्यवसायिक सम्बन्ध विस्तार गर्ने र स्वदेशी मिडियाको प्रवद्र्धन लगायतका विषयमा काम गर्ने सहमति भएको छ ।

छलफलमा दुवै संस्थाबीच छिट्टै एक सहमतीपत्रमा हस्ताक्षर गर्नेसमेत सहमति भएको छ ।

छलफलमा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र संघई, कोषाध्यक्ष शकुन्तलाल हिराचन, कार्यकारिणी समितिका सदस्यहरू र मिडिया एलाएन्सका तर्फबाट उपाध्यक्ष राजु कंडेल, महेन्द्र शेरचन, महासचिव लक्ष्मण हुमागाई, कोषाध्यक्ष उज्ज्वल शर्मा र सदस्यहरूको उपस्थिति थियो ।

 

प्रतिक्रिया