सुर्तीजन्य पदार्थ सेवनबाहेक अन्य चार कारणले पनि हुन्छ मुखको क्यान्सर

सुर्ती, चुराेट सेवन नगर्दैमा मुखकाे क्यान्सर नहुने भन्ने हुँदैन । मुखकाे क्यान्सरकाे कारण अरू पनि धेरै हुन्छन्, यद्यपी प्रमुख कारण भने सुर्तीजन्य पदार्थकाे सेवन नै हाे ।

सुर्तीजन्य पदार्थकाे सेवनबाहेक मुखमा क्यान्सर हुने अन्य कारण :

१. घाममा धेरै समय बस्दा

सूर्यको किरण स्वास्थ्यको लागि राम्रो हाे, तर घाममा धेरै समय बस्नाले पनि क्यान्सर निम्त्याउन सक्छ । सूर्यका विकिरणहरूले छालालाई क्षति पुर्‍याउँछ । घामकाे विकिरणले प्रायः छालाको क्यान्सर हुन्छ तर कहिलेकाहीँ यसकाे असर हड्डी र ओठमा पनि पर्न सक्छ । अल्ट्राभायोलेट किरणले बंगाराको क्यान्सर निम्त्याउन सक्छ ।

२. गलत खानपान

आजकल बजारमा धेरै प्रकारको मिसावटी चीजहरू भेटिन्छन्, जुन तपाईंले अन्धाधुन्ध प्रयोग गरिरहनु भएकाे छ ।

बेसार, खुर्सानी, धनियाँ पाउडर, तेल, पीठाे, चामल आदिमा मिसावट धेरै पाइन्छ । कहिलेकाहीँ यी सामानहरूमा बढी नाफा कमाउनका लागि धेरै हानिकारक पदार्थहरू मिसाइएकाे हुन्छ, जसकारण शरीरमा क्यान्सर राेग विकास हुन सक्छ ।

आजकल मानिसहरूमा क्यान्सर बढ्नुको प्रमुख कारण पनि यी नै हुन् । खराब तेलमा बनेकाे खानेकुराले पनि क्यान्सरकाे जाेखिम बढाउने स्वास्थ्यविदहरू बताउँछन् ।

३. दन्त रोग

दन्त रोगको कारण पनि क्यान्सर हुन सक्ने हुँदा मुख राम्ररी सफा गर्नुपर्छ । यदि तपाईको दाँत बिग्रिएकाे, भाँच्चिएकाे छ भने यसकाे संक्रमणले पनि मुखकाे क्यान्सर निम्त्याउँछ । त्यसैले सधैँ दाँत सफा गरिरहनुहोस् र यदि कुनै समस्या छ तुरून्त दन्तचिकित्सकलाई देखाउनुहोस् ।

४. मदिरापान

सुर्तीजन्य खाना मात्र होइन, रक्सी पिउनु पनि मुखको क्यान्सरको खतरा निम्त्याउनु हाे । जो व्यक्ति धेरै मदिरा सेवन गर्छ, उसलाई मुखकाे क्यान्सरकाे जाेखिम बढी हुन्छ ।

क्यान्सरसँग लड्न मद्दत गर्ने खानेकुरा

फलफुल तथा गोलभेडा : विभिन्न अनुसन्धानका अनुसार गेलभेडामा पाइने लाइकोपीले प्रोस्टेटदेखि अन्य विभिन्न प्रकारको क्यान्सरबाट जोगाउँछ । यसबाहेक गेलाभेडाले बनेका प्रोसेस्ड फूड जस्तै जूस, सस वा पेस्टले क्यान्सरसँग लड्ने क्षमतालाई बढाउँछ । यस्तै  क्यान्सरसँग लड्न फलफूल तथा तरकारीलाई निकै फाइदाजनक मानिन्छ । आफ्नो डाइटमा रातो, हरियो र सुन्तला रङका सागसब्जी समावेश गर्नुहोस् ।

ग्रीन टी :  ग्रीन टीलाई क्यान्सरसँग लड्नमा निकै सहयोगी मानिन्छ । अनुसन्धानमा पाइए अनुसार ग्रीन टीले आन्द्रा, कलेजो, स्तन र प्रोस्टेट सेल्सलाई क्यान्सरबाट जोगाउँछ । यसले फोक्सोको तन्तु र छालामा पनि राम्रो प्रभाव पार्छ । ग्रीन टीले मूत्रथैली, पेट र प्यानक्रियाटिक क्यान्सरको खतरालाई पनि कम गर्छ ।

अंगुर : अंगुर र यसको रसमा रेसवेराट्रल नामको यौगिक तत्व हुन्छ । रेसवेराट्रलमा बलियो एन्टिअक्सिडेन्ट र एन्टी इन्फेलेमेटरी गुण पाइन्छ । रेसवेराट्रल क्यान्सरका कारण कोशिकामा हुने क्षतिबाट यसले जोगाउँछ ।

पानी र अन्य तरल पदार्थ :  पानीले तिर्खा मात्रै मेटाउँदैन, यसले मूत्रथैलीको क्यान्सरबाट पनि जोगाउँछ । खानामा तरल पदार्थको मात्रा बढाउँदा पिसाब अत्यधिक लाग्छ र यसका कारण मूत्रथैली सधैँ सफा रहन्छ, जसले क्यान्सरको सम्भावना कम गर्छ ।

राजमा :  राजमामा क्यान्सर विरोधी गुण हुन्छन् । यसमा थुप्रै गुणकारी केमिकल्स हुन्छन् जसले ती कोशिकालाई क्षति हुनबाट जोगाउँछ जसका कारण क्यान्सर हुन्छ । शोधका अनुसार राजमामा पाइने पोषक तत्वले ट्युमर बढ्नबाट जोगाउँछ ।

बन्दा : ब्रोकाउली, बन्दालगायतका तरकारीमा यस्ता पोषक तत्व पाइन्छ, जसले शरीरलाई हरेक प्रकारको क्यान्सरबाट जोगाउँछ । यसलाई हल्का फ्राइ गरेर वा सलादको रुपमा खानामा समावेश गर्न सकिन्छ । एजेन्सी

प्रतिक्रिया