प्रचण्ड-नेपाल समूहको बन्दले जनजीवन प्रभावित
२०७७ माघ २२ गते

काठमाडौँ । नेकपा प्रचण्ड-नेपाल समूहलले आह्वान गरेको आमहड्तालका कारण जनजीवन प्रभावित बनेको छ । संघीय राजधानीसहित देशका ठूला सहरमा सार्वजनिक यातायातका साधन कम चलेका छन् ।
यस्तै बजार, शिक्षण, संस्था पसल व्यवसायलगायत ठप्पप्रायः छन् । सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा प्रचण्ड नेपाल समूहले आज देशव्यापी आम हड्ताल घोषणा गरिएको छ ।
बन्दकर्ताले गर्नसक्ने उच्छृङ्खल गतिविधिलाई रोक्न चोकचोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । गृह मन्त्रालयले बुधबार नै विज्ञप्ति जारी गर्दै निर्वाधरुपमा यातायात–व्यवसाय सञ्चालन गर्न आग्रह गरेको थियो ।
यसैबीच राजधानीको सामाखुसीबाट प्रचण्ड-नेपाल पक्षका ५ कार्यकर्ता पक्राउ परेका छन् । जबरजस्ती बन्द गराउँदै हिँड्ने उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
२०७७ माघ २२ गते
प्रतिक्रिया
सम्बन्धित








