अख्तियारका प्रमुख कार्यबाहक आयुक्त जोशीद्वारा राजीनामा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त गणेशराज जोशीले राजीनामा दिएका छन् ।  सरकारले विवादका बीच प्रमुख आयुक्त र आयुक्त सिफारिस गरेपछि उनले राजीनामा दिएका हुन् ।

यसअघिका प्रमुख आयुक्त नविनकुमार घिमिरेले अवकाश लिएपछि जोशी कार्यवाहक प्रमुख आयुक्त थिए ।

बुधबार प्रमुख संसदीय सुनुवाई विना नै प्रमुख आयुक्त प्रेमकुमार राई र आयुक्तहरु जयबहादुर चन्द, किशोरकुमार सिलवालले सपथ लिएका थिए ।  नवनियुक्त प्रमुख आयुक्त राईले कार्यभार ग्रहण गरिसकेका छन् ।

प्रतिक्रिया