माछापुच्छ्रे बैंकले सुरु गर्‍यो क्युआर कोड सेवा

काठमाडौं । माछापुच्छ्रे बैंकले क्युआर कोड सेवा सुरु गरेको छ । बैंकले तिनकुनेस्थित हरित सामुदायिक कृषि बजारबाट क्युआर कोड सेवा सुरु गरेको हो । बुधबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्यूआर कोडमार्फत् भुक्तानी गरी सेवाको उद्घाटन गरे ।

सेवा सुरु भएसंगै सर्वसाधारणले पनि तरकारी तथा फलफूल किनेको रकम मोबाइल बैंकिङमार्फत् व्यापारीलाई सिधै खातामा पठाएका थिए ।

डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले सेवा सुरु गरेको बैंकले जनाएको छ । कार्यक्रममा बोल्दै गर्भनर अधिकारीले कृषि बजारमा माछापुच्छ्रे बैंकले सुरु गरेको क्युआर कोड सेवाले भुक्तानी प्रणालीमा आधुनिकीकरणको सुरुवात गरेको बताए ।

उनले क्युआर कारोबारमा पारदर्शिता ल्याउने भएकाले व्यवसायको विकासका लागि ऋण पनि सहज हुने बताए । गभर्नर अधिकारीले राष्ट्र बैंक डिजिटल कारोबारलाई प्रभावकारी बनाउन थप कार्यक्रम ल्याउने योजनामा रहेको पनि बताए ।

प्रतिक्रिया