चन्द्रागिरीकाे सेयर सूचीकरण यसै साता, कति हाेला पहिलाे काराेबार मूल्य ?

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको सेयर यसै साता नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत हुने भएको छ । कम्पनीले सूचीकरणका लागि मंगलबार नेम्सेलाई आफ्नो विवरण बुझाएको नेप्से प्रवक्ता मुरारी पराजुलीले बताए मकालु खबरलार्इ बताए ।

‘कम्पनीले विवरण बुझाएपछि कम्पनीको आर्थिक अवस्थाबारे अध्ययन हुने छ,’ उनले भने, ‘सबै विवरण बुझाएको एक महिनाभित्रमा सूचीकरण गरिसक्नु पर्ने कानुनी प्रावधान छ । तर, यो कम्पनीको सेयर सूचीकरण त्यति धेरै समय नलाग्ला ।’

विवरण अध्ययन सकेर यसै साताको शुक्रबारसम्म सूचीकरण सक्ने र अर्को साताबाट कारोबार सुरु हुन सक्ने देखिएको उनले बताए ।

‘कम्पनीको नेटवर्थ कति छ, अवस्था कस्तो छ भन्ने विषय अध्ययन भइसकेपछि मात्रै उक्त कम्पनीको सेयर कारोबारका लागि ओपन रेञ्ज तोक्न सकिन्छ,’ उनले भने ।

यस कम्पनीको सेयरको ओपन रेञ्ज मूल्य ९६.९९ रुपैयाँदेखि २९०.०७ रुपैयाँसम्म हुन सक्ने देखिएको छ । साधारणतया नेप्सेले खरिद मूल्यको ३ गुणासम्म पहिलो कारोबार लागि ओपन रेञ्ज तोक्ने गरेको छ ।

कम्पनीले २४ पुसदेखि २८ पुससम्म १५ करोड ३४ लाख ९१ हजार रुपैयाँको १५ लाख ३४ हजार ९१ कित्ता सेयरको सार्वजनिक निष्कासन गरेको थियो । आवेदनक मध्ये गोलाप्रथाबाट १ लाख ३९ हजार ६ सय २ जनाले १० कित्ताका दरले सेयर पाएका थिए । त्यस्तै भाग्यमानी २ जनाले ११ कित्ताका दरले सेयर पाएका थिए ।

प्रतिक्रिया