लाेकसेवाको अनलाइन फारम दस्तुर खल्तीबाटै बुझाउन सकिने

काठमाडौं । खल्ती डिजिटल वालेटबाटै लोकसेवा आयोगको परीक्षा आवेदन फारम भर्न सकिने भएको छ ।

आयोगले गर्ने विज्ञापनमा खल्तीबाट दस्तुर भुक्तानी नी गर्न मिल्ने व्यवस्था गरिएको हो । अनलाइन आवेदनका लागि आयोगको वेवसाइटमा व्यक्तिगत खाता बनाउनु पर्ने छ । व्यक्तिगत खाता मार्फत गरिएको अनलाइन आवेदनको तस्तुर भने खल्ती डिजिटल वालेटबाटै भुक्तानी गर्न मिल्ने व्यवस्था गरिएको हो ।

अनलाइन फारम भरेपछि शुल्क भुक्तानीका लागि देखाइएको विकल्पमा खल्ती वालेट छनोट गरेर भुक्तानी गर्न मिल्ने व्यवस्था गरिएको हो ।

प्रतिक्रिया