प्रदेश २ मा आइएमई ‘भरोसा कोष’को रकम वितरण

काठमाडौं । प्रदेश २ मा आइएमईले कोरोना संक्रमणबाट विदेशमा ज्यान गुमाएका श्रमिकका आफन्तलाई ‘भरोसा कोष’को रकम वितरण गरेको छ । मंगलबार जनकपुरमा आयोजित एक कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले १५ जनालाई रकम हस्तान्तरण गरे ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले विदेशमा कोरोनाका कारण ज्यान गुमाएका श्रमिकका परिवारलाई सहयोग गर्न पाउँदा खुशी लागको बताए । कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल एवम् ग्रुपका उच्च पदस्थ कर्मचारीहरु पनि सहभागि थिए ।

देशभर २ सय २५ आइएमई सेन्टर सहित १२ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् सेवा दिँदै आएकोे कम्पनीले जनाएको छ ।

प्रतिक्रिया