संवैधानिक निकायमा सिफारिस गरिएकाको शपथ
२०७७ माघ २१ गते

राष्ट्रपतिकाे कार्यालय शितल निवास
काठमाडौँ । विभिन्न संवैधानिक निकायमा सिफारिस गरिएकाहरुलाई राष्ट्रपति कार्यालयमा शपथ ग्रहण गराइने भएको छ । उनीहरुलाई आज बिहान ९ बजे राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा शपथ ग्रहण गराउने तयारी भएको हो ।
राष्ट्रपतिको उपस्थितिमा संवैधानिक आयोगका अध्यक्षमा सिफारिस भएकाहरुलाई प्रधानन्यायाधीशले शपथ ग्रहण गराउने राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीलेले जानकारी दिए । आयोगका सदस्यहरुलाई सम्बन्धित आयोगका अध्यक्षहरुले शपथ गराउनेछन् ।
विभिन्न संवैधानिक निकायमा सिफारिस भएका ३८ जना पदाधिकारीहरूलाई शपथ ग्रहण गराउन लागिएको हो । तर सबै जनाले सपथ ग्रहण गर्ने छैनन् । कतिपयले त्यतिबेलै पद अस्वीकार गरेका थिए ।
२०७७ माघ २१ गते
प्रतिक्रिया
सम्बन्धित








