नेपाल बङ्गलादेश बैंकद्वारा डिसी कार्ड योजना शुरु

काठमाडौं । नेपाल बंगलादेश बैंकले डिसी कार्ड योजना सुरु गरेको छ । यस योजना अन्तर्गत ग्राहकले एउटै खाताबाट कर्जा र बचतको सुबिधा पाउने बैंकले जनाएको छ ।

योजनामा ग्राहकहरुले कर्जाको सीमा अन्तर्गत रही रकम उपयोग गर्न पाउनेछन् । भने सीमा बाहेकको रकम उक्त खातामा जम्मा गर्दा ब्याज पनि पाइने छ ।

बैंकले देशभर ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा एटीएमबाट सेवा दिँदै आएको छ ।

प्रतिक्रिया