पर्यटनका लागि स्वास्थ्य र स्वच्छता सुरक्षा प्रशिक्षक प्रशिक्षण तालिम सुरु

बुटवल । पर्यटन सेवा सञ्चालकहरूका लागि स्वास्थ्य र स्वच्छता सुरक्षा सम्बन्धि पहिलो चरणको प्रशिक्षक प्रशिक्षण तालिम बुटवलमा सुरु भएको छ । जीआईजेडको प्राविधिक सहयोग र गेट फाउन्डेशनको सहकार्यमा टुरिजम् रिकोभरी टास्कफोर्स (टीआरटीएफ नेपाल) ले मंगलबारदेखि  तालिम सुरु गरेको हो ।

तालिममार्फत् सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका ११ वटा छानिएका नगरपालिकामा स्वास्थ्य र स्वच्छता सुरक्षासम्बन्धी प्रोटोकोलका प्रशिक्षकहरू (स्थानीय चाम्पियन्स) विकास गर्ने लक्ष्य रहको जनाईएको छ ।

तालिममा टुरिजम् रिकोभरी टास्कफोर्स नेपालका संयोजक दीपकराज जोशी र पाटा नेपाल च्याप्टरका सीइओ सुरेश सिंह बुडालले प्रशिक्षण प्रदान गरिरहेका छन् । देशका विभिन्न ५ ठाउँमा हुने प्रशिक्षण तालिम फागुन १ गते धनगढीमा सम्पन्न हुनेछ ।

प्रतिक्रिया