ग्लोबल आइएमई बैंकका तीन नयाँ शाखा सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले थप तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । मंगलबार सुनसरीको रामधुनी नगरपालिका ५, झुम्का, दाङको लमही नगरपालिका ५, लमही र पूर्वी रुकुमको सिस्ने गाउँपालिका ६, छिप्रिदहमा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको हो ।

तीनवटा नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या २६७ पुगेको छ । बैंकले ४७ एक्स्टेन्सन काउण्टर, २४५ शाखा रहित बैंकिङ्ग सेवा तथा २४० एटीएम र तीन अन्तर्राष्टिय सम्पर्क कार्यालयमार्फत सेवा दिँदै आएको छ । बैंकमा हाल २१ लाख बढी ग्राहक रहेका छन् ।

प्रतिक्रिया