एनसेलले ल्यायो भारत कल गर्न सुलभ दरका ‘भ्वाइस प्याक’

काठमाडौं । एनसेलका प्रिपेड ग्राहकले अब अझै सुलभ दरमा भारतमा रहेका आफ्ना परिवारका सदस्य, साथीभाइसँग कुरा गर्न सक्ने भएका छन् । एनसेल एजियाटा लिमिटेडले आफ्नो विन्टर अफरअन्तर्गत लोकल दरमा नै भारत कल गर्न पाइने गरि दैनिक र तीन दिने सहुलियत प्याक गरि दुई वटा भ्वाइस प्याक ल्याएको छ ।

यो अफर एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत ल्याएको हो । यो अभियानले भविष्यको पुनर्कल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्ने एनसेलले जनाएको छ ।

दैनिक भ्वाइस प्याकअन्तर्गत ग्राहकले करसहित मात्र २५ रुपैयाँमा भारतमा रहेका आफ्ना परिवारका सदस्य, साथीभाइसँग कुनै पनि भारतीय नम्बरमा १० मिनेट कल गर्न सक्छन् । दैनिक प्याक सुरु भएपछि २४ घण्टासम्म यसको समयसीमा रहन्छ । यो भ्वाइस प्याक खरिद गर्न प्रिपेड ग्राहकले ८१७११८८७८१३ ह्यास डायल गर्नुपर्ने एनसेलले जनाएको छ ।

त्यसैगरि ‘विन्टर अफर’ अन्तर्गत प्रिपेड ग्राहकका लागि तीन दिने सहुलियत दरको भ्वाइस प्याक पनि रहेको छ । तीन दिनको समयसीमा रहेको यो भ्वाइस प्याक ग्राहकले करसहित १४ रुपैयाँमा खरिद गर्न सक्छन् र १ दशमलव ९९ प्रतिमिनेट (करसहित २ दशमलव ५४ रुपैयाँ प्रति मिनेट) को दरमा भारत कल गर्न सक्छन् ।

भ्वाइस प्याक विना भारत कल गर्दा विद्यमान शुल्क २ दशमलव ९९ रुपैयाँ प्रति मिनेट (करसहित ३ दशमलव ८२ रुपैयाँ प्रति मिनेट) रहेको छ । प्रिपेड ग्राहकले ८१७११८८७८२३ डायल गरि यो भ्वाइस प्याक सजिलै सुरु गर्न सक्छन् ।

ग्राहकलाई सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धताअनुसार यो योजना ल्याइएको एनसेलले जनाएको छ ।

प्रतिक्रिया