बीमा र लघुवित्तकाे काराेबार बढ्दा सेयरमा ६५ अंकको उछाल
२०७७ माघ २० गते

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा ६५.४९ अंकको उछाल देखिएको छ । बीमा समूहका कम्पनी र लघुवित्त समूहका कम्पनीको बारोबार बढ्दा शेयर परिसूचक उचालिन पुगेको हो । मंगलबारको कारोबारपछि बजार परिसूचक १४७३.७३ अंकमा उक्लिएको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबारको अवस्था मूल्यांकन गर्ने सेन्सेटिभ इन्डेक्स समेत १४.१० अंकले बढेर ४५१.३८ अंकमा पुगेको छ ।
मंगलबारको बजारमा ८ अर्ब ५९ करोड ३४ लाख ७२ हजार ९ सय ८७ रुपैयाँमा २०० कम्पनीका १ करोड ५३ लाख २५ हजार ६ सय २३ कित्ता शेयर कारोबार भयो ।
यस दिन होटलबाहेक सबै समूहका सूचक हरिया देखिए । सबैभन्दा बढी निर्जीवन बीमा समुहको समूहगत सूचक ६२६ अंकले बढेको मछ । त्यस्तै, जीवन बीमा समूहको सूचक ५९५.२४ अंकले बढेको छ । त्यसपछि लघुवित्त सूहको सूचक १५२ अंकले बढेको छ ।
२०७७ माघ २० गते
प्रतिक्रिया
सम्बन्धित








