धेरै तनावले हुन सक्छ मस्तिष्ककाे क्षति, यसरी बढाउनुस् स्मरणशक्ति

काठमाडौं । हामी स–साना घटनालाई लिएर लामो समयसम्म तनावमा रहन्छाैँ । दैनिक जीवनमा उत्पन्न हुने सानातिना तनावलाई हामीले ठुलाे बनाउँदा यसले दिनहुँ हाम्राे मस्तिष्कमा क्षति पुर्याइरहेकाे हुन्छ ।

आफ्नो संवेदना, भावना, सोच, विचारलाई नियन्त्रण गर्न सकेनाैँ भने हाम्राे मस्तिष्क अस्वस्थ हुँदै जान्छ र हाम्राे स्मरणशक्ति कमजाेर हुँदै जान्छ । काममा असन्तुष्टि, धेरै समयसम्म चिन्तित हुनु, कुनै कुराको रुचिको अभाव, उमेरका कारण, पौष्टिक खानाको कमी,
अनिद्रा, शारीरिक तथा मानसिक थकान, नशालु पदार्थ सेवन लगायतले मस्तिष्क अस्वस्थ बनाउँछ ।

मानसिक थकान, अरूचि, आलस्य, कमजोरी, निराश, लामो समयसम्म स्मरण गर्न नसक्ने आदि यसका लक्षणहरू हुन् ।

मस्तिष्क क्षति हुनबाट कसरी जाेगाउने ?

गल्तीबाट पश्चात्ताप नगर्नुहाेस् : गल्ती सबैबाट हुन्छ, अन्जानमा हुन्छ । जानेर कसैले गल्ती गर्दैन । त्यसैले नजानेर हुने गल्तीका लागि धरै समयसम्म पछुताइरहनु हुँदैन । अर्काे कुरा कुनै दिन एउटा अप्रिय घटना भयाे भनेर त्यसलाई मनमा खेलाएर बस्नु उचित हुँदैन । सकारात्मक सोच राख्नुपर्छ र नमीठो अनुभवलाई भुल्नुपर्छ ।

सकारात्मक साेचकाे विकास :  धेरै समयसम्म पहिला भएको गल्ती, अप्रिय घटनाहरू सम्झिरहँदा मस्तिष्ककाे क्षय हुन्छ । सकारात्मक साेचले मस्तिष्क स्वस्थ रहन्छ । त्यसैले राम्राे हाेस् या नराम्राे, परिवर्तनसँग डराउनु हुँदैन । परिवर्तनसँग डराउनु भन्दा यसकाे खुलेर सामना गर्नुपर्छ ।

स्मरणशक्ति बढाउने उपाय 

भिजाइएको बदाम :  प्रत्येक रात १० वटा बदाम पानीमा भिजाएर राख्नुस् । बिहान उठेर त्यसको बोक्रा निकालेर मसिनो पेस्ट बनाउनुस् । अनि त्यसमा मह हालेर उमाल्नुस् । त्यसपछि त्यसलाई चिसो बनाएर पिउनुस् । यो सेवन गरेको दुई घन्टासम्म केही नखानुहाेस् ।

अमला : अमलाले स्वास्थ्यसम्बन्धी धेरै समस्यालाई समाधान गर्छ । बिहान खाली पेट अमलाको अचार अथवा जाम खाँदा स्मरणशक्ति बढ्छ । घरिघरि रिस उठ्ने समस्या पनि यसबाट हुँदैन ।

गाईको घिउ : गाईको घिउको राति सुत्नुअघि टाउकोको मालिस गर्नुस् । यसले स्मरणशक्ति तीखो बनाउँछ ।

ओखर : ओखरमा दिमाग तीखो बनाउने गुण विद्यमान हुन्छ । दश ग्राम किसमिसका साथ २० ग्राम ओखर खानुस् ।

गाजर : दिनको दुई/तीन पटक गाजर खाँदा पनि दिमाग स्वस्थ रहन्छ ।

रहरकाे दाल :  राति सुत्नुअघि रहरको दाल भिजाएर राख्नुस् । बिहान यो दालको पेस्ट बनाएर त्यसमा मिश्री हाल्नुस् । अनि दूधसँग त्यसको सेवन गर्नुस् । यसले दिमाग तीखो बनाउन मद्दत गर्छ ।

सूप : सूपको दानालाई पिँधेर धूलो बनाउनुस् र यसलाई बिहान-बेलुका दूधसँग पिउनुस् ।

मह र दालचिनी : महसँग १० ग्राम दालचिनी मिसाएर सेवन गर्नुहाेस्, यसले स्मरणशक्ति बलियो हुन्छ । – एजेन्सी

प्रतिक्रिया