भिबोको नयाँ माेडल ‘वाई १२ एस’ काे प्रि बुकिङमा छुट र उपहार

काठमाडैं । चिनियाँ ब्राण्ड भिबो मोबाइलले नेपालमा आफ्नो नयाँ मोडल वाई १२ एस मोबाइल फोनको प्रि बुकिङ खुला गरेको छ। कोभिड–१९ को असरलाई ध्यान दिएर कम्पनीले कम बजेटमा हालसम्मकै नयाँ फिचरसहित उक्त मोबाइलकाे प्रि बुकिङ खुला गरेको आधिकारिक बिक्रेता एपेक्स मनाेकामना प्रालिले जनाएकाे छ ।
बिक्रेता कम्पनीका अनुसार उक्त मोबाइल फोनको मूल्य १७ हजार ९ सय ९९ रूपैयाँ कायम गरिएकाे छ । तर फेब्रुअरी १ देखि १३ सम्म एक हजार रुपैयाँ तिरेर प्रि बुकिङ गर्ने ग्राहकले उक्त मोबाइल फोन १६ हजार ९ सय ९९ मा पाउने छन् । ग्राहकले एक हजार तिरेर प्रि बुकिङ गर्दा तुरुन्तै दुइ हजारको कुपन पाउनेछन् अर्थात फेब्रुअरी १ देखि १३ सम्म प्रि बुकिङ गर्ने ग्राहकले उक्त मोबाइल फोनको खरिदमा १ हजार छुट पाउने । कम्पनीले घोषणा गरेको बिभिन्न पुरस्कारको बिजेता बन्ने अवसर पाउनेछन् ।
भिबो मोबाइलको लागि नेपालको आधिकारिक बिक्रेता एपेक्स मनोकामनाको काठमाडौं स्थित न्युरोड हेर्ने भगिनी सँस्था एपेक्स लिंक प्राइभेट लिमिटेडले एक कार्यक्रमकाे आयोजना गरी यस्ताे जानकारी दिएकाे हाे ।
एपेक्स मनोकामनाका वित्त प्रमुख सुशील न्यौपानेका अनुसार फेब्रुअरी १ देखि १३ सम्म प्रि बुकिङ खुला गरिएको छ। फेब्रुअरी १४ अर्थात प्रणय दिवसको अवसरमा न्युरोड क्षेत्रमा एक औपचारिक कार्यक्रमको आयोजना गरि फेब्रुअरी १ देखि १३ सम्म प्रि बुकिङ गर्ने ग्राहकहलाई लक्की ड्र मार्फत पुरस्कार समेत वितरण गरिने एपेक्स मनोकामनाका सेल्स हेड कुनल सिंह (बन्टी)ले जानकारी दिए ।
उनका अनुसार कम्पनीले १४ फेब्रुअरीमा अनलाइन लक्की ड्र कार्यक्रम मार्फत विभिन्न पुरस्कार घोषणा गर्ने छ । प्रि बुकिङ गर्ने ग्राहक मध्ये ३ जनालाई वाईटुएस १२ मोबाइल फोन उपहारमा दिने छ । सय जनालाई २ हजार ५ सय रुपैयाँको छुट दिने छ । त्यस्तै, ५ सय जनालाई निःशुल्क मोबाइल स्क्रिन दिनेछ । यसका साथै कम्पनीले अफलाइन लक्की ड्र बाट समेत थप पुरस्कार घोषणा गर्ने छ। यसअन्तर्गत प्रि बुकिङ गर्ने ग्राहक मध्ये १ जनालाई स्मार्ट टिभी, १ जनालाई वाई १२एस मोबाइल र २५० जनाले भिबो ब्याग पाउने छन् ।
भिबोको प्रमुख कार्यकारी अधिकृत मार्सले नयाँ फिचर सहितको वाईटुएस १२ मोडलको फोन नेपाली बजारमा उत्कृष्ट साबित हुने विश्वास व्यक्त गरेका छन् ।
‘भिबोले कोभिड १९ को आर्थिक अवस्थालाई मध्यनजर गरेर उत्कृष्ट फिचर सहित कम बजेटको मोबाइल नेपाली बजारमा भित्र्याएको छ,’ उनले भने, ‘साइडमा फिंगर प्रिन्टको सुविधाले वाई १२ एस मोडलको फोनलाई थप आकर्षक बनाएको छ। भिबोले कम बजेटमा परिमार्जित फिचर सहित ल्याएको यो मोडलको फोन नेपाली बजारमा हिरो साबित हुनेछ ।’
कम्पनीका अनुसार वाई १२ एस मोबाइलको डिस्प्ले ६.५१ इन्च रहेछ भने यसको ३२ जीबीको मेमोरी कार्ड जडान छ । मुख्य क्यामेरा १३ मेगा पिक्सेलको छ भने ब्याक क्यामेरा २ मेगापिक्सेलको रहेको छ। ग्ल्येसियर ब्लु र फान्टोम ब्ल्याकमा वाईटुएस १२ मोबाइल उपलब्ध छन् । ५ हजार मिलि एम्पियर आवर अर्थात ५ हजार घण्टासम्म ब्याट्री टिक्ने र साइडमा जडान फिंगर प्रिन्टको सुविधा तथा अन्य ब्राण्डको तुलनामा कम मूल्यमा वाई १२ एस मोबाइल खरिद गर्न सकिने कम्पनीकाे भनाइ छ ।








