खैरहनीको अध्यक्षमा लोकतान्त्रिक समूहका श्रेष्ठ विजयी

चितवन । उद्योग बाणिज्य संघ खैरहनीको अध्यक्षमा हिरा श्रेष्ठ विजयी भएका छन् । आज बिहान आएको अन्तिम मतपरिणाममा आफ्नो प्रतिद्वन्द्वीलाई फराकिको मतान्तरले पराजित गर्दै श्रेष्ठ अध्यक्ष पदमा विजयी भएका हुन् ।

श्रेष्ठले ७९९ मत ल्याएर विजयी हुँदा उनको प्रतिस्पर्धी शेषकुमारी ओली सडौलाले ४७६ मत ल्याइन् । निर्वाचनमा नेकपा निकट व्यवसायिको प्रगतिशील समूह र नेपाली कांग्रे निकट व्यवसायिको लोकतान्त्रिक समूहले प्यानल बनाएका थिए । निर्वाचित १६ जनामध्ये २ जना मात्र प्रगतिशील समूहका छन् ।

संघको वाणिज्यतर्फ सदस्यहरुमा बिक्रम खड्का, कुमार खनाल, बिनोद अर्याल, केदारनाथ बर्तौला, क्षेत्रबहादुर रावल, प्रशान्त अधिकारी, अनिल श्रेष्ठ, अर्जुन लम्साल र लक्ष्मण निरौला विजयी भएका छन् । लम्साल र निरौला प्रगतिशील समुहका हुन् ।

उद्योगतर्फ जगत बहादुर पाण्डे, शंकर कंडेल, किरण बुर्लाकोटी, कृष्ण बहादुर श्रेष्ठ, अनुप अधिकारी र बिक्रम चौधरी विजयी भएका छन् ।

प्रतिक्रिया