गोेदरेज तथा टिसिएल ब्राण्डको क्षत्रिय सम्मेलन सम्पन्न

चितवन ।

चौधरी ग्रुप अन्तर्गत रहेको गोद्रेज तथा टिसिएल ब्राण्डको क्षेत्रिय सम्मेलन सौराहामा सम्पन्न भएको छ ।

विगत ४ दशक देखि घरायसी सामाग्रीको लागि नेपाली बजारमा आफ्नो प्रभुत्व र ठूलो बजार हिस्सा ओगट्न सफल चौधरी ग्रुपले विभिन्न राष्ट्रिय तथा बहुराष्ट्रिय ब्राण्डको विक्री वितरण गर्दै आएको छ ।

चौधरी ग्रुप सँगको व्यापारिक साझेदारीको बारेमा महत्व दिदै टिसिएलले अबको आगामी समयमा थप गुणस्तरीय उत्पादनमा केन्द्रित रहने भन्ने बारेमा टिसिएल कर्पोरेशन की डाइरेक्टर अफ एशियन डिस्ट्रिब्युसन् बिजनेस केरोलिनले बताएकी थिईन् ।

सम्मेलनमा आफ्नो व्यापारिक साझेदार बिच कम्पनीले आफ्नो लक्ष, रणनीती, चुनौती र अवसरका बारेमा बृहतरुपमा छलफल गरेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया