सिद्धार्थ बैंकको डेबिट कार्ड लिन अब अनलाईनबाटै आवेदन दिन सकिने

काठमाडौं । सिद्धार्थ बैंकको डेबिट कार्ड आवेदन लिन अब अनलाईबाटै आवेदन दिन सकिने भएको छ । बैंकले सोमबार अनलाइनबाटै आवेदन दिन सकिने गरी सेवा शुभारम्भ गरेको जनाएको छ ।

नयाँ डेबिट कार्ड लिन, नविकरण गर्न,हराएको वा बिग्रिएको कार्डको सट्टा नयाँ बनाउन परेमा पनि घरबाटै सेवा प्रयोग गर्न सकिने बैंकले जनाएकोे छ ।

समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रमलाई निरन्तरता दिँदै बैंकले ग्राहकलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा अनलाईनबाट अनुरोध गर्न सकिने सेवा थालनी गरेको हो ।

यसका लागि बैंकको वेबसाइटमा गएर (Banking service > Apply Online >Debit Card Application) वा  https://onlinedebitcard.siddharthabank.com//

मा गई आवश्यक विवरण भरी अनलाईन मार्फत आवेदन दिन सकिने बैंकले बताएको छ ।

प्रतिक्रिया