एभरेष्ट बैंकको १०१ औँ शाखा धादिङको धार्केमा

धादिङ ।

एभरेष्ट बैंकले धार्केमा १०१ औँ नयाँ शाखा विस्तार गरेको छ । शाखाको धुनिबेसि नगरपालिकाका मेयर बालकृष्ण आचार्य र एभरेष्ट बैंकका नायव महा प्रवन्धक डा. सन्धिर कुमारले सोमबार उद्घाटन गरेका छन् ।

बैंकको नयाँ शाखा उद्घाटन समारोहमा धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्री, धुनिबेसि नगरपालिका वडा नं ६ का अध्यक्ष कान्छा तामाङलगायत बैंकका उच्च अधिकारीहरु, विभिन्न क्षेत्रका प्रतिनिधिहरु र ठुलो संख्यामा स्थानीयको समेत उपस्थिति रहेको थियो ।

शाखामा एटीएम सेवा पनि २४ घन्टा खुल्ला रहने बैंकले जनाएको छ । हाल देशभर १०१ स्थानीय शाखा, ३१ राजस्व संकलन काउन्टर, १३१ एटिएम रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया