सिद्धार्थ बैंकका अध्यक्षद्वारा शपथ ग्रहण

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको संचालक समितिको ३६२ औं बैठकबाट मनोज कुमार केडिया बैंकको अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन भएका छन् ।

उनले माघ १८ गते बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक संचालक समितिको अध्यक्षको पद तथा गोपनीयताको सपथ लिएका छन् । उनी यसअघि २०७३ देखि ७७सम्म बैंकको संचालक समितिको अध्यक्ष रहँदै आएका छन् ।

उनले केडिया अर्गनाइजेशन, केडिया इन्टरनेशनल, वृज सिमेन्ट इन्डष्ट्रिज, अर्घाखाँची सिमेन्ट, स्टिलस्, एशियन कनक्रेटो, वृज ग्लास इन्डष्ट्रिज, केडिया इन्भेष्टमेन्ट कर्पोरेशनलगायतका कम्पनीहरुमा अध्यक्ष÷प्रबन्ध संचालकको रुपमा सक्रिय रही उद्योग, व्यापार एवं व्यवसायको क्षेत्रमा ३० वर्षभन्दा बढीको अनुभव हासिल गरिसकेका छन् ।

प्रतिक्रिया