महिला लघुवित्तको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ नियुक्त
२०७७ माघ १९ गते

काठमाडौं । महिला लघुवित्तको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ नियुक्त भएको छ । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
संस्थाको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने लगायत शेयर रजिष्ट्रेशनसँग सम्बन्धित सम्पूर्ण कार्यहरु नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले गर्ने छ ।
नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।
२०७७ माघ १९ गते
प्रतिक्रिया








