भारतमा कोरोना : ज्यान गुमाउनेको संख्या १ लाख ५४ हजार नाघ्यो

नयाँदिल्ली । भारतमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ५४ हजार ३९२ पुगेको छ । पछ्रिल्लो २४ घण्टामा ११८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएसंगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ५४ हजार ३९२ पुगेको हो ।

हालसम्म कोरोना संक्रमितको संख्या १ करोड ७ लाख ५७ हजारभन्दा बढी पुगेको छ । गत २४ घण्टाको अवधिमा भारतमा ११ हजार ४२७ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड सात लाख ५७ हजार ६१० पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ ।

मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड चार लाख ३४ हजारभन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा एक लाख ६८ हजार २३५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

भारतमा गत जनवरी १६ देखि कोभिड –१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि हालसम्म ३७ लाख भन्दा बढी व्यक्तिले खोप लगाइसेकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायः स्वास्थ्यकर्मीहरु रहेका जनाइएको छ ।

प्रतिक्रिया