बालबालिका बढी रिसाउनुको कारण हुन सक्छ भिटामिन डीको कमि

एजेन्सी । बालबालिका धेरै रिसाउनुलाई वंशाणुगत गुण मानेर परिवारका सदस्यहरु सामान्य रुपमा लिन्छन् । यद्यपी अरुको तुलनामा तपाईँको बच्चा धेरै रिसाउँछ भने तपाईँको बच्चामा भिटामिन डीको कमि हुन सक्ने विज्ञहरुले बताएका छन् ।

जर्नल अफ न्युट्रेशनमा छापिएकाे एक अनुसन्धानका अनुसार विद्यालय जाँदै गरेका पाँच वर्षमाथिका बालबालिकामा एक किसिमकाे चिढचिढापन आउँछ र उनीहरुको व्यवहार एक्कासी आक्रामक हुन्छ । यसबाहेक बच्चा आफूभित्रै हराउने, चिन्तित, निराश र थकित हुन्छन् । याे रिसर्च यूनिभर्सिटी अफ मिसिगनले गरेकाे हाे । हाम्राे स्वास्थ्यसँगै भिटामिन र पोषक तत्वहरूले पनि हाम्रो मुडलाई असर प्रभावित बनाउँछ । शारीरिक र मानसिक रूपमा स्वस्थ रहनका लागि सबै किसिमकाे पाेषक तत्व आवश्यक पर्छ ।

यस अनुसन्धानका लागि प्राथमिक विद्यालयमा अध्ययनरत ५ देखि १२ वर्ष उमेरका ३ हजार २०२ बालबालिकाहरूमाथि अध्ययन गरिएकाे थियाे । साे अध्ययनबाट बाबलबालिकाहरूमा भिटामिन डीकाे कमिका कारण व्यवहार परिवर्तनकाे समस्या बढेकाे छ ।

बच्चाहरूमा भिटामिन डीको कमी किन हुन्छ?

गाउँमा भन्दा शहरमा बस्ने बच्चाहरूमा भिटामिन डीको कमि हुने समस्या बढेको छ । भिटामिन डीको उत्तम प्राकृतिक स्रोत सूर्यका किरणहरू हुन् । आजकल सहरमा बच्चाहरू बाहिर पार्कमा खेल्नुभन्दा घरमै बस्न रुचाउँछन् ।

यसबाहेक बच्चाहरूलाई स्कूलमा आजकल धेरै काम दिइन्छ, जसको कारण उनीहरूसँग खेल्ने समय छैन । बच्चाहरूमा भिटामिन डीको कमिका यी प्रमुख कारणहरू हुन् । यसबाहेक जंक फूडको लत, सफ्ट ड्रिन्क इत्यादिको कारण पनि भिटामिन डीको कमी हुन्छ।

भिटामिन डीको कमि पुरा गर्ने आहार

– भिटामिन डीको उत्तम स्रोत दूध हो, त्यसैले बच्चाहरूले प्रत्येक रात एक गिलास दूध पिउनुपर्छ ।

– दही पनि भिटामिन डीको राम्रो स्रोत हो । बच्चाहरूले खाजामा सलादका साथ दही दिन सकिन्छ ।

– च्याउ भिटामिन डीको उत्तम स्रोत हो, बच्चाहरूको खानामा च्याउका परिकार बनाउन सकिन्छ ।

– बच्चाहरूलाई चीज खान मन पर्छ । चीजमा पनि भिटामिन डीको राम्रो मात्रा हुन्छ ।

– अण्डाको पहेँलो भागमा भिटामिन डी हुन्छ ।

– सुन्तलाको रस पनि भिटामिन डीको एक राम्रो स्रोत हो ।

– माछा भिटामिन डी को एक राम्रो स्रोत हो ।

प्रतिक्रिया