प्रधानमन्त्रीद्वारा देशकै ठूलो क्षमताको विद्युत सबस्टेशनको उद्‌घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशकै सबैभन्दा बढी क्षमताको ढल्केबर विद्युत सवस्टेशनको उद्घाटन गरेका छन् । उनले सोमबार धनुषास्थित सबस्टेशनको कार्यालयमै पुगेर एक कार्यक्रमबीच देशकै सबैभन्दा ठूलो विद्युत सबस्टेशनको उद्‌घाटन गरेका हुन्।

हाल ढल्केबरमा १६० एमभीएका दुई र ३१५ एमभीएको एक गरी ६३५ एमभीएका ट्रान्सफर्मर जडान भएको छ। यस्तै कूल ४०० र २२० केभी क्षमताको सबस्टेशनमा ३१५ एमभीए क्षमताका तीन वटा गरी ९४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर छन्, जसले करिब ९०० मेगावाट विद्युत्लाई प्रसारण गर्न सक्दछन्। सबस्टेशन जिआइएस प्रविधियुक्त स्वचालित सवस्टेशनसमेत हो।

आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहज रूपमा प्रवाह गर्न र मुलुकभित्र खपत हुन नसकेको विद्युत् भारत निर्यात गर्न सकिने छ।

प्रतिक्रिया