थप १०५ जनामा काेभिड, २८८ जना डिस्चार्ज

काठमाडौं । आइतबार नेपालमा थप १०५ जनामा कोभिड १९ पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १०५ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७० हजार ९५९ पुगेको छ । यस्तै सक्रिय संक्रमितको संख्या २ हजार ५९४ पु्गेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २८८ जना संक्रमणमुक्त भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ६६ हजार ३३६ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएसँगै  कोभिड १९ बाट मृत्यु हुनेको संख्या २ हजार २९ पुगेको छ।

प्रतिक्रिया