एनआईसी एशिया लघुवित्तको संचालकमा अधिकारी

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले स्वतन्त्र संचालकमा सन्जु अधिकारीलाई नियुक्त गरेको छ । संस्थाको शुक्रबार बसेको १०२औं संचालक समितिको बैठकबाट स्वतन्त्र संचालकको पदमा अधिकारीलाई नियुक्त गरेको हो । अधिकारी  चार्टर्ड एकाउन्टेन्ट हुन् ।

हाल १२० शाखा कार्यालयबाट करिब ३६ हजारलाई कर्जा प्रवाह गरेको संस्थाले जनाएको छ ।जाजरकोटमा रजिष्टर्ड कार्यालय रहेको लघुवित्तको कर्पोरेट कार्यालय काभ्रेको बनेपामा छ । 

प्रतिक्रिया