६५ रुपैयाँमा अघाउन्जेल खाना !
२०७७ माघ १७ गते

काठमाडाैँ । हाम्रो टीम नेपालले काठमाडौंको अनामनगरमा सस्तोमा खाना खुवाउने रेस्टुरेन्ट शुरु गरेकाे छ। रेस्टुरेन्टमा ६५ रुपैयाँमा एक छाक सादा खाना खुवाउने गरी रेस्टुरेन्ट शुरु गरिएकाे हाम्रो टीम नेपालका अध्यक्ष विमल पन्तले जानकारी दिए ।
रेस्टुरेन्टकाे बचतले अशक्त, असाहयलाई निःशुल्क खाना खुवाउन प्रयोग गरिने पनि अध्यक्ष पन्तले बताए । हाम्रो टीम नेपालले लकडाउनपछि काठमाडौं उपत्यकामा रोजगारी गुमाएर खाना नपाएका मानिसहरुलाई निःशुल्क खाना खुवाउँदै आएको छ ।
२०७७ माघ १७ गते
प्रतिक्रिया
सम्बन्धित









