सिद्धार्थ बैंकको १५ प्रतिशत लाभांश पारित

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको १९औं वार्षिक साधारणसभाले १५ प्रतिशत लाभांश पारित गरेको छ । साधारणसभाले १२ प्रतिशत शेयर र ३ प्रतिशत नगद गरि १५ प्रतिशत लाभांश दिने भएकाे हाे ।

जसअनुसार, बैंकको चुक्ता पूँजी नौं अर्ब ७८ करोड ७७ लाख ६७ हजार एक सय ३८ रुपैयाँको १२ प्रतिशत बराबरको एक अर्ब १७ करोड ४५ लाख ३२ हजार ५७ रुपैयाँको बोनस सेयर तथा ३ प्रतिशत बराबरको २९ करोड ३६ लाख ३३ हजार १४ रुपैयाँ नगद लाभांशबापत वितरण गरिने बैंकले जनाएकाे छ ।

साधारणसभाले संचालक समितिमा संस्थापक सेयरधनी समूहबाट मनोजकुमार केडिया, नरेन्द्रकुमार अग्रवाल र राहुल अग्रवाल तथा सर्वसाधारण सेयरधनी समूहको तर्फबाट दिनेशशंकर पालिखे र अंकित केडियालाई निर्विरोध निर्वाचित गरेकाे छ ।

प्रतिक्रिया