साझाका पाँच ट्याङ्कर संचालन

काठमाडौँ । साझा सेवा सहकारीले पाँचवटा नयाँ ट्याङ्कर सञ्चालनमा ल्याएको छ । यसअघि भाडाका साधनमा ईन्धन ढुवानी गर्दै आएको संस्थाले शुक्रबारदेखि आफ्नै नयाँ ट्याङ्कर सञ्चालन गरेकाे हो । संस्थामा हाल सरकारी तथा सामाजिक सङ्घसंस्था मात्र शेयरधनी सदस्य छन् ।

करीब साढे दुई कराेडकाे लागतमा खरीद गरिएको ट्याङकरले रक्सौलबाट काठमाडौँमा इन्धन ढुवानी गर्ने सहकारीले जनाएकाे छ। काठमाडौँ उपत्यकामा चार र बनेपामा एक पेट्रोल पम्प सञ्चालन गरेको संस्थाले अनुदानित रासायनिक मल, ग्यास, सिमेण्टलगायत सामग्री सर्वसुलभ मूल्यमा पाँच दशकदेखि आपूर्ति गर्दै आएको संस्थाले जनाएको छ ।

प्रतिक्रिया