शहीद सम्झिँदै पत्रकार महासंघ

काठमाडौं । नेपाल पत्रकार महासंघले शहीदहरुप्रति सम्मान व्यक्त गरेको छ । शुक्रबार शहीद दिवसको अवसरमा शहीद पत्रकार स्तम्भमा माल्यार्पण गर्दै शहीदहरुप्रति एक मिनेट मौनधारण समेत गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष गोविन्द आचार्यले शहीदकै योगदानका कारण प्रेस स्वतन्त्रताको अभ्यास गर्न पाईएको भन्दै शहीदहरुप्रति सधैँ सम्मान रहने बताए ।

उनले थप लोकतान्त्रिक अधिकारको प्राप्तीका लागि शहीदले मार्गनिर्देश गर्ने समेत बताए । यस्तै प्रेस काउन्सील नेपालका कार्यबहाक अध्यक्ष गोपाल बुढाथोकीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभ्यासका लागि शहीदहरुको ठुलो योगदान रहेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका पदाधिकारी एवम् सदस्यहरु, प्रेस काउन्सिल नेपालका पदाधिकारीसहित पत्रकारको उपस्थिति थियो ।

प्रतिक्रिया