राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा घट्याे

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा  १ अर्ब ७४ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेकाे छ। याे गत आर्थिक वर्षको दोश्रो त्रैमाससम्मकाेभन्दा २६ कराेड रुपैया कम हाे । गत बर्ष दोश्रो त्रैमाससम्ममा बैंककाे खुद मुनाफा २ अर्ब २१ करोड रुपैंया थियो ।

बैंकले प्रकाशित गरेकाे वित्तीय विवरण अनुसार याे अवधिमा बैंकको कुल समग्र आम्दानी २ अर्ब ४४ करोड रुपैयाँ, वितरणयोग्य मुनाफा १ अर्ब ८० करोड रुपैयाँ, खुद ब्याज आम्दानी ३ अर्ब ९१ करोड रुपैयाँ, कुल संचालन आम्दानी ४ अर्ब ६५ करोड रुपैयाँ तथा खुद संचालन आम्दानी ४ अर्ब ५० करोड रुपैयाँ, शेयरधनी कोष २५ अर्ब ४७ करोड रुपैयाँ, लगानी ७४ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ ।

पुस मसान्तमा बैंकको ग्राहक निक्षेप २ खर्ब ४१ अर्ब रुपैयाँ र खुद कर्जा तथा सापटी १ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधि तुलनामा बैंकको निक्षेपमा २३.९१ प्रतिशत र कर्जा तथा सापटीमा १० प्रतिशतले सन्तुलित बृद्धि भएको छ ।

पुस मसान्तसम्ममा पुँजीकोष अनुपात १२.७० प्रतिशत, कर्जा निक्षेप अनुपात ६५.४० प्रतिशत, आधार दर ५.६१ प्रतिशत, स्प्रेड दर ४.०९ प्रतिशत, कोषको लागत दर ३.२९ प्रतिशत तथा वार्षिकृत प्रतिशेयर आम्दानी ३८.८४ छ ।

आर्थिक वर्ष २०७७/७८ को दोश्रो त्रैमाससम्मको समिक्षा अवधिमा बैंकको कर्जा, निक्षेप, शेयरधनी कोष, लगायत समग्र व्यवसायिक नतिजाहरुमा उत्साहजनक प्रगति हासिल गर्न सफल भएको छ भने नेपाल राष्ट्र बैंकले निर्धारण गरेका सुचकाङ्कहरु परिपालना भएको तथा सुविधाजनक स्थिति कायम गर्न सफल भएको बैंकले दाबी गरेकाे छ ।

प्रतिक्रिया