कफीका फाइदा : क्यान्सरकाे जाेखिम कम, ताैल घटाउन पनि प्रभावकारी

एजेन्सी । कफीले क्यान्सरकाे जाेखिम कम गर्नेदेखि ताैल घटाउनसम्म प्रभावकारी भूमिका खेल्ने वैज्ञानिकहरूले गरेकाे अध्ययनले देखाएकाे छ । एक अध्ययनका अनुसार दिनमा पाँच कप कफी पिउँदा यसले क्यान्सरकाे जाेखिम १२ प्रतिशतसम्म कम गर्छ ।

कफीको विषयमा अध्ययन गरेकी अमेरिकाको नेशनल क्यान्सर स्कूलकी अनुसन्धाता एरिका लफ्टफिल्डका अनुसार यदि २४  घण्टामा ४ देखि ५ कप अर्थात् ४ सय मिलिग्राम कफी पिउने हो भने यसले शरीरमा धेरै फाइदा पुर्याउँछ ।

अनुसन्धाताले अमेरिका, युरोप र जापानका विभिन्न स्थानमा १६ शोध गरेका छन् । यसमा १० लाख व्यक्तिलाई समावेश गरिएकाे थियाे, जसमा ५७ हजार यस्ता मानिसहरु थिए जो क्यान्सरबाट ग्रस्त थिए । अनुसन्धानकर्ताले बढी कफी पिउनेहरुको कम कफी पिउनेहरुसँग तुलना गर्न धेरै कफी पिउनेहरुमा क्यान्सरको खतरा १२ प्रतिशतसम्म कम भएको पाएका हुन् । साथै कफी धेरै पिउनेहरूकाे २० प्रतिशत ताैल पनि कम भएकाे पाइएकाे छ ।

दिनमा ५ कपभन्दा बढी कफी पिउनुका ५ फाइदा 

– प्रोस्टेट क्यान्सरको जोखिम ९ प्रतिशतसम्म कम हुन्छ

– एड्भान्स क्यान्सरको जाेखिम १२ प्रतिशत कम हुन्छ

– अन्य घातक रोगको जोखिम १६ प्रतिशतसम्म कम हुन्छ

– तौल कम गर्न २० प्रतिशतसम्म प्रभावकारी

– कफीले कोलेस्ट्रोल पनि कम गर्छ

४ देखि ५ कप कफी पिउनुका फाइदा 

– टाइप वान डायबिटिजको खतरा कम हुन्छ

– शरीरमा पोलिफेनल बढी बन्छ

– रोग प्रतिरोधी क्षमता बढ्छ

– कलेजो स्वस्थ रहन्छ

दिनमा एक कप कफी पिउनुका चार फाइदा

– शरीरमा ग्लूकोजको मात्रा बढ्छ

– मुटुरोगको खतरा कम हुन्छ

– डिएनए बलियो हुन्छ

– स्ट्रोकको खतरा कम हुन्छ

कुन कफी कति फाइदाजनक ?

अमेरिकी नेशनल क्यान्सर इन्स्टिच्यूटमा सिनियर रिसर्चर नियल फ्रिडम्यानका अनुसार कफि बनाउने तरिकाले पनि फाइदा/बेफाइदा निर्धारण गर्छ । यद्यपी कति फरक पार्छ भन्नेबारे अनुसन्धान जारी छ ।

फ्रिडम्यान उदाहरण दिँदै बताउँछन् कि धेरैजसो मानिसहरु कफी बिन्सलाई भुटेर कफी बनाउँछन् जसले कफीबाट क्लोरोजेनिक एसिडको मात्रा कम गर्ने गर्छ । एस्प्रेसो कफीमा पानीको मात्रा निकै कम प्रयोग गरिएको हुन्छ जसका कारण त्यसमा कफीको कम्पाउन्डको मात्रा निकै बढी हुन्छ । छिटाे बनाएर खाँदा पनि एसिड बनाउँछ । अध्ययनमा संलग्न एक प्राेफेसरका अनुसार कफि विभिन्न तरिकाबाट कफी बनाएर पिउँदा कोलेस्ट्रोलको मात्रा तल-माथि हुन सक्छ । 

गर्भवती महिलाका लागि उचित छैन कफी 

अमेरिकी स्वास्थ्य संस्थाले कफीको हानीबारे पनि अध्ययन गरिरहेको छ । अहिलेसम्म यसको हानीबारे जे जति कुरा आएका छन्, ती सबै अनुमानको भरमा गरिएका हुन् । धेरै कफी पिउँदा स्वास्थ्यमा कस्ता हानी हुन्छन्, यसबारे अहिलेसम्म कुनै स्पष्ट जानकारी छैन ।

महिला जो आमा बन्न लागेका छन्, उनीहरुका लागि कफी हानिकारक सक्ने थुप्रै अध्ययनले पुष्टि गरिसकेको छ । कफीको प्रयोगले शरीरमा क्याफिनको मात्रा बढ्ने गर्छ जुन गर्भमा भएको बच्चाका लागि उचित मानिँदैन ।

प्रतिक्रिया