निर्वाचन आयोगमा दुई नेकपाको छलफल स्थगित, अब प्रचण्ड आफैँ उपस्थित हुने

  • धनबल राई

काठमाडौं । निर्वाचन आयोगले शुक्रबार (आज)का लागि बोलाएको दुई नेकपाको छलफल स्थगित भएको छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वका नेता लीलामणि पोखरेलले मकालु खबरलाई दिएको जानकारीअनुसार निर्वाचन आयोगले बिहान ११:३० बजेका लागि बोलाएको छलफल स्थगित भएको हो । आफूहरुले केही दिनको समय माग गरेपछि आयोगले मानेको नेता पोखरेलले बताए ।

‘निर्वाचन आयोगले पछिल्लो पटक पठाएको पत्रमा अध्यक्ष वा अध्यक्षले तोकेको व्यक्ति उपस्थित हुने भनेर भनिएको थियो । यो छलफलमा अध्यक्ष (प्रचण्ड) ज्यूले आफैँ बस्न चाहनुभयो’, नेता पोखरेलले भनेका छन्, ‘अहिले उहाँ उपत्यकाबाहिर विभिन्न कार्यक्रमहरुमा सरिक भइरहनुभएको छ । अब १८ गतेपछिको उपयुक्त समय र मितीमा हामीहरु आउँछौँ भनेर खबर दिएर फर्कौँ ।’

१८ गतेसम्मका लागि दुई पक्षीय छलफल स्थगित गर्नको लागि आग्रह गरिएको पत्र बोकेर लीलामणि पोखरेल, सुरेन्द्र पाण्डे, मुक्ति प्रधानलगायतका नेताहरु आयोग पुगेका थिए ।

प्रतिक्रिया