लामो समयसम्म सुत्दा शरीरमा देखिन्छन् नकारात्मक परिवर्तन

एजेन्सी । शारीरिक र मानसिक रूपमा आफूलाई स्वस्थ, ऊर्जावान् राख्न र तनावमुक्त रहन पर्याप्त सुत्नुपर्छ । तर धेरै सुत्नुपनि शरीरका लागि हानिकारक हुन सक्ने विभिन्न अनुसन्धानले देखाएकाे छ ।

जब तपाईँ लामो समयसम्म निदाउनुहुन्छ, यसले शरीरमा गम्भीर समस्या निम्त्याउन सक्छ । नेशनल स्लीप फाउन्डेशनका विज्ञहरूले गरेका केही अनुसन्धानले ७ देखि ९ घण्टासम्म सुत्न उपयुक्त हुने देखाएकाे छ । युवाहरूका लागि भने ९ घण्टा सुत्नु निकै धेरै मानिन्छ । ९ घण्टा लामाे निन्द्राले उनीहरूलाई उदास बनाउन सक्छ ।

विज्ञ राखी मेहरा भन्छिन्- ‘धेरै अनुसन्धानकर्ताहरूले ९ घण्टाभन्दा ज्यादा जाे निदाउँछन्, उनीहरूकाे निन्द्राकाे गुणस्तर खराब हुन सक्ने प्रमाणित गरेका छन् । उनीहरूकाे निन्द्राकाे गुणस्तर खस्किएका कारण ७ घण्टा निदाउँदा पनि उनीहरूकाे निन्द्रा पुरा भइरहेकाे हुँदैन । यसकाे मतलब जाे अत्यधिक सुत्छन्, उनीहरूकाे शरीरमा गम्भीर समस्या हुन सक्छ ।’

धेरै सुत्दा शरीरमा देखिने नकारात्मक असर/परिवर्तन 

ऊर्जामा कमि : लामाे समयसम्म सुत्दा शरीमा ऊर्जाकाे कमि हुन सक्छ । मानिस अल्छी बन्दै जान्छ, थकित महशुष गर्न थाल्छ । उनीहरू न मानसिक रूपमा सक्रिय हुन सक्छन् न शारीरिक रूपमा ।

मानसिक सक्रियतामा ह्रास : ६ देखि ७ घण्टासम्ममा आफ्नो निन्द्रा पुरा गर्नुभयो भने मात्रै तपाईँ ऊर्जावान र सक्रिय बन्न सक्नुहुन्छ । बिहान सबेरै उठ्दा तपाईंले ऊर्जावान र मानसिक रूपमा स्वस्थ महसुस गर्नुहुनेछ । लामाे समयसम्म सुत्नुभयाे भने मानसिक समस्या हुन सक्छ र तपाईंकाे मस्तिष्क निष्क्रिय हुँदै जान्छ ।

दुखाई र आलस्यता : जब धेरै लामाे समयसम्म ओछ्यानमा पल्टिन्छाैँ, तब शरीरमा दुखाइ र आलस्यता महसुस हुन्छ । यही प्रक्रिया दिनहुँ दाेहाेर्याइरहेमा शरीरका भित्रि भागहरूमा पनि दुख्न थाल्छ ।

माेटाेपनाकाे र मधुमेहकाे जाेखिम  : जब हामी धेरै समय सुत्छाैँ तब हाम्राे शारीरिक गतिविधि कम हुन्छ जसकारण माेटाेपना बढ्न थाल्छ । माेटाेपनाले मुटु राेग, मस्तिष्क समस्या र मधुमेह जस्ता थुप्रै गम्भीर समस्याहरू निम्त्याउन सक्छ ।

कति समय सुत्नु उपयुक्त ? 

नवजात शिशुका लागि १४ देखि १७ घण्टा, विद्यालय जान सुरू नगरेका बालबालिकाका लागि १० देखि १३ घण्टा, विद्यालय जान सुरू गरेका बालबालिकाका लागि ९ देखि ११ घण्टा, किशाेरकिशाेरीका लागि ८ देखि १० घण्टा, वयस्कका लागि ७ देखि ९ घण्टा सुत्नु अत्यावश्यक छ । वृद्धवृद्धाका लागि पनि पर्याप्त निन्द्रा आवश्यक छ, जसले उनीहरुलाई गम्भीर राेग लाग्न दिँदैन ।

प्रतिक्रिया