उद्योग वाणिज्य महासंघका अध्यक्षहरुलाई जिम्मेवारी

काठमाडौं ।नेपाल उद्योग वाणिज्य महासंघले पूर्व अध्यक्षहरु विभिन्न समितिहरु हेर्ने गरी जिम्मेवारी तोकेको छ ।

महासंघले निर्वतमान अध्यक्ष भवानी राणालाई सदस्यता समिति र नेपाल–इन्डिया जोइन्ट विजनेश फोरम हेर्ने जिम्मेवारी तोकेको छ ।

त्यस्तै, पूर्व अध्यक्ष महेशलाल प्रधानलाई सल्लाहाकार समिति, पद्यम ज्योतिलाई व्यावसायिक आचार संहिता फोरम, प्रदीप कुमार श्रेष्ठलाई एसिया–प्यासिफिक चेम्बर अफ कमर्श तथा इण्डस्ट्री महासंघ, रविभक्त श्रेष्ठलाई अनुशासन समिति, विनोद बहादुर श्रेष्ठलई नेपाल–चीन गैरसरकारी कोअपरेशन फोरम, कुशकुमार जोशीलाई विधान संशोधन समिति र सुरज बैद्यलाई अन्तर्राष्ट्रिय सम्बन्ध फोरमको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया