नबिल बैंक र महिला उद्यमी महासंघबीच सम्झौता

काठमाडौंं ।

नबिल बैंक र नेपाल महिला उद्यमी महासंघ (फेवान)बीच ब्याज अनुदान र लघु, साना तथा मझौला उद्यम कर्जा प्रदान गर्ने सम्झौता भएको छ ।

कोरोना महामारीका कारण प्रभावित लघु, साना तथा मझौला उद्योगहरुलाई नबिल बैंकबाट प्रदान गरिने कर्जाले दिगो विकासको लागि वित्तिय आवश्यकता पुरा गर्न सहयोग पुग्ने जनाइएको छ ।

यस्तै नेपाल महिला उद्यमी महासंघबाट उद्यमीहरुले वित्तिय सल्लाह र विकास सहयोग पाउनेछन् । साझेदार अन्तर्गत नबिल बैंकले वित्तीय साक्षरता कार्यक्रम पनि सञ्चालन गर्ने योजना रहेको जनाइएको छ ।

नबिल बैंकको तर्फबाट बैंकका एसएमई तथा लघुबित्त प्रमुख निरजकुमार बस्नेत (डनिल) र नेपाल महिला उद्यमी महासंघघका तर्फबाट अध्यक्ष रीता सिँहले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया