सिटिजन्स बैंकको छैठौं विशेष साधारण सभा सम्पन्न

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको छैठौं विशेष साधारण सभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीको अध्यक्षतामा बिहीबार दरबारमार्गस्थित बैंकको केन्द्रिय कार्यालयमा विशेष साधारण सभा सम्पन्न भएको हो ।

कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै डिजिटल प्लाटफर्म जुम मार्फत बैंकको छैठौँ विशेष साधारण सभा संचालन गरेको बैंकले जनाएको छ ।

सञ्चालक समितिको तर्फबाट अध्यक्ष भण्डारीले तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडललाई प्राप्ति (एक्विजिसन) गर्नका लागि प्रस्तुत गरिएको विशेष प्रस्ताव पारित भएको हो ।

यस्तै विशेष साधारण सभाले तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेड र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडबीच भएका प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रहरुको अनुमोदन गरेको छ ।

तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको १०० कित्ता शेयरलाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९६ कित्ता शेयर (१ : ०.९६) दिने गरी शेयर मूल्य अनुपात (Share Swap Ratio) कायम गरिएको छ ।

दुबै बैंकको विशेष/वार्षिक साधारण सभाले स्वीकृति दिएसँगै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडप्राप्ति गर्नका लागि बाटो खुलेको ।

एक महिना भित्रमा तिनाउ मिसन डेभलपमेण्ट बैंकलिमिटेडलाई प्राप्ति गरी संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारीहरु भइरहेको अध्यक्ष भण्डारीले जानकारी दिए ।

हालसम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिव १२६ अर्ब रुपैयाँ पुग्नेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिव १०४ अर्ब रुपैयाँ पुग्नेछ । प्राप्ति पश्चात बैंकको कुल १६३ शाखा हुनेछ । सिटिजन्स बैंकको हालको चुक्ता पूँजी ९ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ हुनेछ ।

बैंकले देशभर १०९ वटा शाखा, ९८ वटा एटिएम र १०७ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करिव सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया