एन्टिबायोटिकको प्रयोगले नवजात शिशुमा देखिन सक्छ यस्ता समस्या

एजेन्सी । इजरायली वैज्ञानिकहरूले खतरनाक ब्याक्टेरियाबाट बचाउने एन्टिबायोटिकसम्बन्धी एक अनुसन्धान प्रकाशित गरेका छन् । अध्ययन अनुसार यदि शिशुलाई जन्मिएकाे १५ दिनभित्र एन्टिबायोटिक दिइएमा ६ वर्षकाे उमेरसम्म उसकाे विकासमा असर देखिन सक्छ । सामान्य तुलनात्मक हिसाबले उसकाे उचाइ र ताैल दुवै कम हुन सक्छ ।

वैज्ञानिकहरूका अनुसार यसकाे असर पुरूषमा मात्रै देखिन्छ, महिलामा देखिँदैन । याे दाबी इजरायलको बार-एलान विश्वविद्यालयले आफ्नो अध्ययनमा गरेको हाे ।

प्रतिरक्षा प्रणालीमा हमला

अन्वेषक कोरियाली अनुसन्धानकर्ता ओम्री कोरियालीका अनुसार नवजात शिशुहरूको प्रतिरक्षा प्रणाली कमजोर हुन्छ, जसकारण उनीहरूमा संक्रामक रोगहरूको अधिक सम्भावना रहन्छ । त्यसैले उनीहरूलाई एन्टिबायोटिककाे पूरक दिइन्छ, जसले उनीहरूलाई खतरनाक रोगहरूबाट बचाउँछ ।

तर अनुसन्धान परिणामहरूले यी औषधिहरूले भविष्यमा पार्न सक्ने असरबारे बुझ्नु आवश्यक रहेकाे देखाउँछ ।

यी गल्तीहरूलाई बेवास्ता नगर्नुहोस् 

– चिसो, खोकी,वा टाउको दुखाइ भएमा सुरूवातमै औषधी नखाउनुहोस् ।

– घरमा राखिएको औषधीहरूको समयावधि जाँच गर्नुहोस् र प्रयोग गर्नुअघि चिकित्सकको सल्लाह लिनु पनि आवश्यक छ ।–

– एन्टिबायोटिक ब्याक्टेरिया संक्रमण हटाउन प्रयोग गरिन्छ, त्यसैले तिनीहरूलाई भाइरल संक्रमणमा प्रयोग नगर्नुहाेस् ।

– समयमै औषधी लिनु र डाक्टरको सल्लाह लिनु पनि एकदम जरूरी छ ।

कहाँ छ जाेखिम ? 

– अनुसन्धानका अनुसार जन्म भएकाे केही हप्तामा नवजात शिशुलाई एन्टिबायोटिक मार्फत् ब्याक्टेरियल इन्फेक्सनबाट बचाइन्छ ।

– वैज्ञानिक भन्छन् कि, नवजातहरू शिशुलालाई एन्टिबायोटिक दिँदा उसकाे शरीरमा रहेकाे राम्राे ब्याक्टेरियामा पनि नराम्राे असर पर्न जान्छ ।

– जन्मिएकाे सुरूवाती दिनमा एन्टिबायोटिक्स दिँदा यसकाे असर उनीहरूकाे विकासमा पर्छ । तर अनुसन्धानमा २८ दिनभन्दा माथिका बच्चाहरुमा यस्ताे असर देखिएन ।

– जब ब्याक्टेरियाबाट हुने संक्रमणमा आवश्यकभन्दा बढी एन्टिबायोटिककाे प्रयाेग भयाे भने तब यस्ता ब्याक्टेरियाले विशेष किसिमकाे इम्युनिटी विकास गर्दछ ।

– यस्ताे भएमा यीनीहरूमा औषधिको असर हुँदैन, यसलाई एन्टिमाइक्रोबियल रेसिस्टन्स भनिन्छ ।

– यसले सुझाव दिन्छ कि ब्याक्टेरियाहरूले औषधीको बिरूद्ध आफ्नै प्रतिरक्षा विकास गरेको छ । संसारमा त्यस्ता घटनाहरू बढिरहेका छन् ।

प्रतिक्रिया