नेपाल र भारतमा भ्रष्टाचार बढ्यो, चीनमा घट्यो : सीआईपी रिपाेर्ट

काठमाडौं । सरकारले भ्रष्टाचारप्रति शून्य सहनशीलता (जिरो टलरेन्स)को नीति लिएको बताउँदै आएको छ । चाहे सुशील कोइराला हुँदाको बेला होस् वा हालका केपी शर्मा ओलीकै कार्यकालमा किन नहोस्, हरेक प्रधानमन्त्रीले भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति लिएको बताउँदै आएका छन् । वहावाला प्रधानमन्त्री ओलीले त ‘भ्रष्टाचारीको मुखै हेर्दिन’ भन्नेसम्मको अभिव्यक्ति पटक पटक सार्वजनिक रुपमै दोहोर्याएका छन् । तर, नेपालमा भ्रष्टाचार घट्नुको साटो बढ्दै गएको देखिएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले बिहीबार सार्वजनिक गरेको ‘करप्सन पर्सेप्सन इन्डेक्स’ रिपोर्टले नेपालमा भ्रष्टाचार बढेको देखाएको हो । भ्रष्टाचार कम हुने मुलुकको सूचिमा १८० मुलुक नेपाल ११७ औं स्थापमा पुगेको छ ।

ट्रान्सरेन्सीकै रिपोर्ट अनुसार सन् २०१९ मा यो सूचीमा नेपाल ११३ औं स्थानमा थियो । वर्ष २०२१ मा ४ स्थान माथि उक्लिएको छ । विश्वमै सबैभन्दा कम भ्रष्टार हुने न्युजिल्याण्डले १०० मा ८८ अंक पाउँदा नेपालले ३३ मात्र प्राप्त गरेको छ ।

उक्त रिपोर्ट अनुसार छिमेकी मुलुक भारत मुलुक भारत सूचीको ८६ औं स्थानमा छ । यसको अर्थ नेपालको भन्दा भारतमा भ्रष्टाचार कम हुने देखाएको छ । तर, सन् २०१९ को तुलनामा वर्ष २०२० मा भारतमा पनि भ्रष्टाचार बढेर सूचिको ८६ औं स्थानमा उक्लिएको छ ।

चीनमा भने भ्रष्टाचार घटेको छ । अघिल्लो वर्षभन्दा २ स्थान सुधार गर्दै चीन भने २०२० मा ७८ औं स्थानमा पुगेको छ ।
भुटान २४ औं, माल्दिभ्स ७५ औं, श्रीलंका ९४ औं पाकिस्तान १२४ औं, बंगलादेश १४६ औं, अफगानिस्तान १६५ औं स्थानमा छन् ।

रिपोर्ट अनुसार विश्वमा सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकको पहिलो नम्बरमा न्युजिल्याण्ड र डेनमार्क परेका छन् । त्यस्तै तेस्रो कम भ्रष्टाचार हुने मुलुकमा फिनल्याण्ड, स्वीटरजल्याण्ड, सिंगापुर र स्वीडेन परेका छन् । नर्वे सातौं, नेदरल्याण्ड, लग्जेबर्ग र जर्मनी नवौं तथा क्यानडा ११ औं नम्बरमा परेका छन् । बेलायत, अष्ट्रेलिया र हङकङ पनि ११ औं नम्बरमा छन् । त्यस्तै, जापान १९ औं, अमेरिका २५ औं परेका छन् ।

प्रतिक्रिया