बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा

काठमाडौँ । बार्सिलोना कोपा डेल रे को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले रायो भल्लेकानोलाई २-१ गोल अन्तरले पराजित गर्दै कोपाको क्वाटरफाइनलमा पुगेको हो ।

बार्सिलोनाको जितमा लियोनेल मेसी र फ्रेन्की डी जोंगले एक एक गोल गरेका थिए । त्यस्तै भल्लेकानोका लागि फ्रान ग्रासियाले एक गोल गरेका थिए ।

स्पेनिस सुपर कपको फाइनल खेलमा रातो कार्ड पाएका मेसीलाई दुई खेलको प्रतिबन्द लगाइएको थियो । दुई खेलमा प्रतिबन्धपछि टोलीमा फर्किएका मेसीले गोलसहित बार्सिलोनालाई महत्वपूर्ण जित दिलाएका हुन् ।

यस सिजनको कोपाको क्वाटरफाइनलमा अहिलेसम्म बार्सिलोनासहित लेभान्टे, रियल बेटिस, सेभिया, भिल्ला रियल र अल्मेरिया पुगिसकेका छन् । –एजेन्सी

प्रतिक्रिया