खैरहनीमा एकताको सन्देश दिँदै नेकपा

चितवन । नेकपा विवादपछि वडा तहसम्म दुई समूह विभाजित भएका छन् । उनीहरुले आफू इतरको भेला, सभा तथा आन्दोलन गरिरहेका छन् ।

नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाद ‘प्रचण्ड’-माधवकुमार नेपाल समूह अहिले दुई कित्तामा विभाजित छन् । विभिन्न संघसंस्थाको अधिवेशनमा समेत आफ्नै पार्टी भित्रका दुई खेमाबीच प्रतिस्पर्धा चलिरहेका बेला चितवनको खैरहनीमा भने नेकपा एकजुट भएको हो । आसन्न उद्योग वाणिज्य संघ खैरहनीको अधिवेशनमा नेकपा फुटको नभई जुटेको सन्देश दिन खोजिएको छ । अधिवेशन अन्र्तगतको चुनावमा नेकपाभित्र कुनै समूह नरहेको दावी गरिएको छ ।

नेकपा निकट व्यवसायीहरुको प्रगतिशिल समूह र नेपाली कांग्रेस निकट व्यवसायीहरुको लोकतान्त्रिक समूहबीच चुनावी प्रतिस्पर्धा हुदैछ । जहाँ दुई पार्टी निकटका व्यवसायीहरुले प्यानल बनाएर चुनावको प्रचार प्रसारमा व्यस्त छन् । प्रगतिशिल समूहको तर्फबाट चुनाव प्रचार प्रसार समितिले पत्रकार सम्मेलन गरेर उद्योग बाणिज्य संघको निर्वाचनमा नेकपाभित्र कुनै विवाद नरहेको स्पष्ट पारेको हो ।

चुनाव प्रचार प्रसार समिति संयोजक कुलप्रसाद भुषालले संघको चुनावमा नेकपा एकजुट भएर चुनाव जित्ने गरि प्रचार प्रसारमा होमिएको बताए । पत्रकार सम्मेलनमा नेकपा निकट व्यवसायीको प्रगतिशिल समुहबाट अध्यक्षका उम्मेदवार शेषकुमारी सडौला ओलीले पनि आफुहरु कुनै गुट नभनेर चुनावमा अघि बढेको बताईन् । बाहिर के भन्छन् त्यो आफ्नै ठाउँमा छ अध्यक्षका उम्मेदवार ओलीले भनिन्, ‘द्धन्द्ध भित्रै हुन्छ बाहिर ताली बजाउने मौका दिदैनौ, हामी एकजुट छौँ ।’

उनले अन्त जे भएपनि खैरहनीमा एक भएको सन्देश आफूहरुले दिन खोजेको पनि बताइन् । संघको सदस्य पदका उम्मेदवार रामेश्वर पोखरेल, लक्ष्मण निरौला, नेकपा नेताहरु कमलराज पाठक, केशव कडेंल, निलहरी थापाले पनि नेकपा एकजुट भएर चुनावमा होमिएको बताए ।चुनाव जित्नेमा ढुक्क
उद्योग वाणिज्य संघ खैरहनीको नयाँ कार्यसमिति चयनका लागि हुन लागेको चुनाव आफूहरुले जित्ने प्रगतिशिल समुहले दावी गरेको छ । चुनावी एजेण्डाबारे जानकारी दिन सो समुहले आयोजना गरेको पत्रकार सम्मेलनमा चुनाव जित्ने दावी प्रस्तुत गरिएको हो ।

प्रगतिशिल समुहको तर्फबाट अध्यक्षका उम्मेदवार शेषकुमार सडौला ओलीले चुनाव जित्नेमा आफुहरु ढुक्क रहेको बताइन् । आफूहरु अहिले २ सय मतले अगाडी रहेको दावी गर्दै ओलीले चुनावको नजिता घोषणा गर्न मात्र बाँकी रहेको स्पष्ट पारिन् । नेकपा भित्रको एक मत वाहिर जाँदैन् ओलीले भनिन्, ‘चुनाव जित्नेमा ढुक्क छौँ ।’

वर्तमान कार्यसमितिमा द्धितिय उपाध्यक्ष समेत रहेकी ओलीले आफूले चुनाव जितेमा महिलाहरुलाई नेतृत्वमा पुर्याउन, व्यवासयिक विकास र सुरक्षाका लागि कार्ययोजना वनाएर काम गर्ने उद्घोष गरिन् । सदस्यका उम्मेदवार रामेश्वर पोखरेलले उद्योग बाणिज्य संघ वजार केन्द्रित रहेकाले यसलाई ग्रामिण क्षेत्रमा समेत विस्तार गरिने बताए ।

नेकपा निकट व्यवसायीको प्रगतिशिल समूहबाट वाणिज्य तर्फको सदस्यहरुमा अर्जुन लम्साल, विनोद नेपाल, लक्ष्मण निरौला, तिलकमणी पाठक, प्रेम विक, अजयकुमार रावल, दुर्गा घिमिरे, प्रेमनारायण जोशी छन् भने उद्योग तर्फ सदस्यको उम्मेदवारहरुमा रामेश्वर पोखरेल, चिरञ्जिवी अर्याल, रामशरण कार्की, लालमणि कुँवर, नविनकुमार श्रेष्ठ र अम्मरराज उप्रेती रहेका छन् ।

प्रतिक्रिया