सत्यमोहन र माधवप्रसाद अङ्कित हुलाक टिकट सार्वजनिक हुँदै

काठमाडौं । सरकारले शताब्दी पुरुष सत्यमोहन जोशी र स्व. राष्ट्रकवि माधवप्रसाद घिमिरेको तस्वीरअङ्कित हुलाक टिकट प्रकाशित गर्ने भएको छ ।

सोको जानकारी बुधबार नेपाल सरकारद्वारा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पार्वत गुरुङले गराएका हुन् । ८ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो ।

सञ्चारमन्त्रीसमेत रहेका गुरुङका अनुसार छिट्टै राष्ट्रपतिले यो हुलाक टिकट सार्वजनिक गर्दैछन् ।

प्रतिक्रिया